बागमती प्रदेशको भौतिक मन्त्रीमा फुँयाल नियुक्त

बागमती प्रदेशको भौतिक मन्त्रीमा फुँयाल नियुक्त

हेटौंडा : बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुँयाललाई नियुक्त गरिएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ को प्रदेश २ बाट निर्वाचित फुँयाललाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा नियुक्त गरेका हुन्‌।

केशव स्थापितको बर्खास्तीपछि खाली रहेको मन्त्रालयको जिम्मा फुँयाललाई दिने पक्का भएको हो। पार्टीका केन्द्र र प्रदेशका नेताहरुसँगको लामो परामर्शपछि मुख्यमन्त्री पौडेलले फुँयाललाई प्रदेशको भौतिक मन्त्रालय जिम्मा लगाउन लागेका हुन्। बुधबार प्रदेश सरकार गठन भएको दुई बर्षको वार्षिक कार्यक्रम सकिएपछि दिउँँसो ४ बजे फुँयाललाई सपथ ग्रहण गराइने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।