काठमाडौं। अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प विजयी भएका छन्। ट्रम्पले अमेरिकी सत्तामा शानदार पुनरागमन गरेका छन्। २०२० मा जो बाइडेनसँग हारेका ट्रम्पले यस पटक भने डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका छन्।
उनले अहिलेसम्म २७९ इलेक्टोरल भोट प्राप्त गरेर विजयी भएका हुन्। केही राज्यमा मत गणना अहिले पनि जारी रहेको छ। त्यस्तै ह्यारिसले भने २२३ इलेक्टोरल भोट प्रप्त गरेकी छन्।
तर अर्कोतर्फ डेमोक्र्याट पार्टीकी उम्मेदवार कमला ह्यारिसले हार्वर्ड विश्वविद्यालयमा जम्मा भएका जनतालाई सम्बोधन गर्ने बताइएको थियो।
चुनावी नतिजा सार्वजनिक भएपछि कमला ह्यारिसका समर्थकहरू हार्वर्ड विश्वविद्यालयबाट बाहिरिए र उनी आइनन्। जसका कारण यहाँका कुर्सीहरु खाली देखिए। हारसँगै ह्यारिसले आफ्ना समर्थकलाई सम्बोधन गरिनन्।