काठमाडौं । भारतमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।
उत्तराखण्डको अल्मोडामा गढवाल–रामनगर मार्गको साल्ट नजिक दुर्घटना भएको हो । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ । एसडीआरएफ र प्रहरी टोली घटनास्थलमा उद्धारमा जुटेका छन् ।
४० यात्रु सवार बस गहिरो खोँचमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।