सातदोबाटोबाट बस चढेकी युवतीलाई बसपार्क लगेर सामूहिक बलात्कार

सातदोबाटोबाट बस चढेकी युवतीलाई बसपार्क लगेर सामूहिक बलात्कार

काठमाडौं । ललितपुरको सातदोबाटोबाट बस चढेकी एक युवतीलाई रिङरोड परिक्रमा गर्ने एक बसका चालक र सहचालकले सामूहिक बलात्कार गरेका छन् । घटनाको भोलिपल्टै पक्राउ परेका चालक जेल चलान भएका छन् । सहचालक (खलासी) भने फरार छन् ।

असोज ९ गते साँझ ५ बजे एक युवती सातदोबाटोबाट बसपार्क जाँदै थिइन् । गाडी कुरिरहेकी थिइन् । उनको अगाडी बा ५ ख ७१३३ नम्बरको महानगर यातायात रोकियो । बसमा सहचालक रौतहट जिल्ला चन्द्रपुर २ बस्ने २७ वर्षको आकाश भन्ने बुद्धिमान वाइबा थिए । चालक थिए, संखुवासभा खांदबारी ६ घर भई कपन बस्ने वर्षका २३ दिपेश कोइराला ।  यात्रु भरिभाउ थिए । युवती बसपार्क जान भन्दै गाडीमा चढिन् ।  गाडी कलंकी हुँदै अघि बढ्यो ।

चालक र सहचालकले सबै यात्रुलाई माछापोखरीमै ओराले । गाडी पार्किङको लागि बसपार्क जान लागेको बताए । सबै यात्रुलाई झारी सहचालक बुद्धिमान वाइबा र चालक दिपेश कोइरालाले अर्को बसमा हालिदिए । बसपार्क जान लागेकी युवती पनि माछापोखरीमै झर्न खोजिन् । तर, उनलाई रोकेर बसपार्क लगेर ओराल्ने चालक – सहचालकले बताए ।

बस बसपार्क लाग्यो । सहचालकले युवतीलाई पान पिउन दिए । पानी पिएपछि आफू झुम्म पारी निदाएको युवतीले बताएकी छिन् । आफू ब्युँझँदा काठमाडौं २६ बसपार्कस्थित गुरुमा नामको होटलको कोठा नं. १०९ मा रहेको पाएको जाहेरीमा लेखेकी छिन् ।

साथमा आफूसँगै चालक र सहचालक नग्न अवस्थामा ब्युँझिएको र पटकपटक सामूहिक बलात्कारको सिकार भएको पीडितले जाहेरी दिएकी छिन् । पीडित युवतीले प्रहरीलाई फोन गर्न लाग्दा आफूले फोन फुटाइदिएको चालक दिपेश कोइरालाले बयानमा स्विकार गरेका छन् । घटनाको विषयमा कसैलाई भनेमा मारिदिन्छौँ भन्दै धम्काएको पनि स्विकार गरेका छन् ।

त्यो रात कोठाबाट बाहिर निस्कन नदिई रातभर कोठामा थुनी भोलिपल्ट १० गते बिहानसम्म बलात्कार गरेको पीडितले बताएकी छिन् । त्यसपछि चालक र सहचालक भागेर गए । चालक भने बस चलाउन भए । सहचालक भने भागे । पीडितको जाहेरीपछि चालक १० गते साँझ पक्राउ परेका हुन् । उनीविरुद्ध काठमाडौं अदालतमा मुद्दा दर्तापछि जेल चलान भएका छन् ।