राति नौ बजेपछि देउसी भैलो खेल्न नपाइने

राति नौ बजेपछि देउसी भैलो खेल्न नपाइने

अर्घाखाँची । अर्घाखाँचीमा राति नौ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक सूचना जारी गर्दै  राति ९ बजेपछि देउसीरभैलो खेल्न प्रतिबन्ध लगाएको हो।

देउसीरभैलो तथा तिहारका अन्य गतिविधिमा आवश्यक सजगता अपनाउनु पर्ने र कुनै पनि प्रकारका अशान्ति र अव्यवस्थित गतिविधि हुन नदिनका लागि  प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।

जिल्ला प्रशासन कार्यालयले परम्परागत रुपमा चलिआएको संस्कृतिको जगेर्ना गर्दै मर्यादित तथा अनुशासित भएर देउसी भैलो खेल्न भनेको छ । प्रशासनले पटाका, आतिशबाजी, जुवा, तास मादक पदार्थ सेवनलगायतका गतिविधिमा संलग्न नहुन समेत सबैमा अनुरोध गरेको छ। यदि यस्तो कार्यहरूमा संलग्न पाइए कानुनीअनुसार कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।