प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणपछि मन्त्रिपरिषद बैठक शुरु

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणपछि मन्त्रिपरिषद बैठक शुरु

काठमाडौं : मन्त्रिपरिषद बैठक बसीरहेको छ । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज मध्यान्ह् १२ बजे पछि सुरु भएको हो ।

विहान ११ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि गएपछि केही बेर पर सरेको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कमजोर भएर अघिल्लो हप्ता ग्राण्डी अस्पतालमा दुई पटक हेमोडायलासिस गरेर फर्किएका थिए । त्यसपछि उनले निवासमै मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।