१० वर्षभित्र ५ हजार मेगावाट विद्युत् निर्यात गर्छौँः ऊर्जामन्त्री

१० वर्षभित्र ५ हजार मेगावाट विद्युत् निर्यात गर्छौँः ऊर्जामन्त्री
दुवईमा भइरहेको २४औँ विश्व ऊर्जा सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सम्बोधन गरेका छन्। आबुधाबीमा सुरु भएको सम्मेलनको ट्रिलेमा मिनिष्टेरियल राउन्ड टेबललाई सम्बोधन गर्दै मन्त्री पुनले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गरी ५ हजार मेवा विद्युत् निर्यात गर्ने बताएका हुन्। वर्तमान समयमा ८० प्रतिशत ऊर्जा खपत बायो मास तथा पेट्रोलियमजस्ता परम्परागत प्रणालीमै भइरहेको बताए। उनले जलविद्युत् र नवीकरणीय ऊर्जा ७ प्रतिशतमात्रै उपभोग भइरहेको सम्मेलनमा बताए। उनले भने, 'नेपालको हालको जेनरेसन क्षमता १ हजार २ सय ४० मेगावाट रहेको छ। हालसम्म ८८ प्रतिशत जनसंख्या ग्रिड र अफग्रिडको माध्यमबाट विद्युतीय पहुँचमा पुगेको छ। विद्युतको प्रतिव्यक्ति उपभोग २ सय ४५ किलोवाट प्रतिघण्टा रहेको छ। हामीले ट्रान्समिसन र वितरण प्रणालीलाई बढाउँदै र विस्तार गर्दै लगेका छौँ ।'