काठमाडौं । सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सहज हुने गरी अध्यादेश ल्याउने तयारी भइरहेको बेलामा आज बालुवाटारमा बसेको बैठकमा यो विषय उठेको हो ।
प्रधानमन्त्री ओलीले नेकपा एकीकृत समाजवादीसहित केही साना दलहरूलाई लक्षित गरेर अध्यादेश ल्याउने प्रयासमा छन्। तर, सत्तारुढ दल नेपाली कांग्रेसभित्र सहमति नजुट्दा तत्काललाई रोकिएको छ।
अध्यादेशको विषयमा बैठकमा कुरा उठेपछि ओलीले सरकारले अवश्यक ठाने अध्यादेश ल्याउनसक्ने बताएका थिए । तर, प्रधानमन्त्रीले अहिले त्यस्तो कुनै जानकारी नभएको बताएका थिए ।
प्रधानमन्त्री ओलीले आवश्यक परे ल्याउनसक्ने भएपनि अहिले कुनै तयारी नभएको उनको भनाइ छ। नेकपा एसका एक तिहाइभन्दा बढी केन्द्रीय सदस्य र आधा जति सांसदले विभाजनमा सहजताका लागि अध्यादेश ल्याइदिन प्रधानमन्त्री र एमालेलाई आग्रह गरिरहेका छन्।
साना दल फुट्दा एमालेले लाभ लिन सक्ने भन्दै कांग्रेस नेता डा शेखर कोइरालाले नमानेपछि प्रधानमन्त्री ओलीको यो प्रयास तत्काललाई रोकिएको छ।