भारतको ७० विधान सभा सदस्यका लागि दिल्लीमा मतदान जारी

भारतको ७० विधान सभा सदस्यका लागि दिल्लीमा मतदान जारी

काठमाडौ : भारतको राजधानी नयाँ दिल्लीमा विधान सभाका लागि शनिबार मतदान भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ७० विधान सभा सदस्यका लागि मतदान भइरहेको हो ।
मतदानका लागि मतदाताहरु बिहानैदेखि मतदान केन्द्रमा लाईन लागेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

निर्वाचनमा विशेष गरेर दिल्ली प्रदेशको सत्तारुढ दल आम आदमी पार्टी (आप), भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय काँग्रेसका बीचमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यसअघिको निर्वाचनमा अत्यधिक बहुमतका साथ आम आदमी पार्टी विजयी भएको थियो । कुल ७० सिटमा आम आदमीले ६७ सिट जितेको थियो भने भारतीय जनता पार्टीले ३ सिट मात्रै जितेको थियो । अर्को प्रमुख दल मानिने भारतीय काँग्रेसले त एक सिट पनि नजितेर चित्त बुझाउनु परेको थियो ।