कोलम्बो, श्रीलंका सत्तारूढ
संयुक्त राष्ट्रिय पार्टी (यूएनपी)
का प्रमुख प्रतिद्वन्द्वी
साजित प्रेमदासालाई पराजित
गर्दै राजपक्षेले
राष्ट्रपति पद जितेका
छन। सत्तारूढ पार्टी
उम्मेदवार साजिथ प्रेमदासाले कडा
संघर्षमा भएको चुनावमा
उनको मुख्य प्रतिद्वन्द्वीलाई
जितको बधाई देएका
छन्।
पूर्व रक्षा सचिव र
दुई पटकका पूर्व
राष्ट्रपति महिन्दा राजपक्षेका भाइ
राजपक्षेले अप्रिलमा भएको समन्वयित
बम विष्फोटपछि राष्ट्रिय
सुरक्षा मुद्दाहरूलाई कडा नेतृत्व
प्रदान गर्ने सम्बन्धमा शनिबारको
चुनावको प्रचार अभियानमा आधारित
भएर तर्क व्यक्त
गरेका थिए।
श्रीलंकाको
निर्वाचन आयोगले घोषणा गरेको
अन्तिम परिणामका अनुसार राजपक्षेले
५२.२५ प्रतिशत मतले विजय
हासिल गरे। नवनिवाचित
राष्ट्रपति राजपक्षेले भने कि
श्रीलंकाको नयाँ यात्राको
क्रममा छ ।
हामीले यो कुरा
बिर्सनु हुँदैन कि सबै
श्रीलंकालीहरू यस यात्राको
हिस्सा छन् भनेर
ट्वीटर पोस्टमा उल्लेख
गरे।
यसभन्दा अघि आइतबार
प्रेमादासले पराजय स्वीकार्दै एक
विज्ञप्ति जारी गरेका
थिए । त्यसमा
उनले भने कडा
संघर्ष र उत्साहित
चुनावी अभियानको समाप्तिमा जनताको
निर्णयलाई सम्मान गर्ने र
श्री गोताबाया राजपक्षेलाई
सातौं राष्ट्रपति चुनेकोमा
बधाई दिन मेरो
सौभाग्य हो भने
।