अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या २०० नाघ्यो

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या २०० नाघ्यो

अमेरिका । अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ। 

बीबीसीका अनुसार यीमध्ये आधाभन्दा बढी मानिसको मृत्यु नर्थ क्यारोलिनामा भएको छ। सन् २००५ मा आएको क्याट्रिना आँधीपछि हेलेन सबैभन्दा घातक आँधी साबित भएको छ।

सन् २००५ मा यहाँ आएको क्याट्रिना आँधीका कारण १८ सयभन्दा बढीको मृत्यु भएको थियो। हेलेन आँधीले ल्यान्डफल गरेको झण्डै एक सातापछि पनि सयौँ मानिस बेपत्ता छन् भने झन्डै ८ लाख घर बिजुलीविहीन छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधी प्रभावित क्षेत्रमा हवाई भ्रमण गरेका थिए।