सबैभन्दा पहिले कोरोनाबारे चेतावनी दिने चिकित्सकको मृत्यु

सबैभन्दा पहिले कोरोनाबारे चेतावनी दिने चिकित्सकको मृत्यु

काठमाडौं : कोरोनाभाइरस संक्रमणको महामारीको पहिलो चेतावनी चिनियाँ चिकित्सकको सोही भाइरसका कारण मृत्यु भएको छ। ३४ वर्षिय ली वेनलियान्गको उपचारका क्रममा मृत्यु भएको हो।

वुहान केन्द्रिय अस्पतालमा काम गर्ने क्रममा उनलाई कोरोनाभाइरसको संक्रमण भएको थियो।उनले गत डिसेम्बरमा आफ्ना साथी डाक्टरहरूलाई भाइरस संक्रमणको माहामारीको चेतावनी दिएका थिए। त्यसपछि प्रहरीले उनलाई झुटो विवरणहरु नदिन भनेको थियो।

चिनियाँ अखबार पिपुल्स डेलीले उनको स्थानीय समयअनुसार शुक्रबार बिहान २।४८ बजे मृत्यु भएको जनाएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोनाभाइरसका कारण हालसम्म चीनमा ६३६ जनाको मृत्यु भइसकेको छ भने ३१ हजार एक सय ६१ जनामा यो संक्रमण भेटिएको छ। संक्रमणबाट बिहीबारमात्रै ७३ जना को मृत्यु भएको थियो। एजेन्सी