ललितपुर र काठमाडौंमा दुई जना मृत फेला

ललितपुर र काठमाडौंमा दुई जना मृत फेला

काठमाडौं । ललितपुर र काठमाडौंमा दुई जना मृत फेला परेका छन् ।

काठमाडौंको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका छन् । प्रहरीकाअनुसार बिहीबार श्रेष्ठ पन्चेटारको कुलोमा मृत भेटिएका हुन् ।

यस्तै, ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पीमा पनि एक व्यक्ति मृत फेला परेका छन् । सोही स्थानमा बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँको बुग्मती कुलोको गोरेटो बाटोमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।