वाकी–टकी पड्केर २० जनाको मृत्यु

वाकी–टकी पड्केर २० जनाको मृत्यु

 लेबनान । लेबनानमा मानिसको ज्यान जानेगरी वाकी–टकी विस्फोट भएपछि यसको निर्माण गर्ने जापानी कम्पनी आइकमले स्पष्टीकरण दिएको छ।

आइकमले भनेको छ– आईसी–भी मोडल २००४ र २०१४ को बीचसम्म मध्य–पूर्वी देशमा निर्यात गरिन्थ्यो। तर सन् २०१४ देखि निर्यात रोकिएको छ। यसको ब्याट्री उत्पादन पनि रोकिएको छ।

जुन मेसिनमा विस्फोट भए ती आफैँले पठाएका हुन् वा वितरकमार्फत पठाइएका हुन् भन्न गाह्रो भएको कम्पनीले जनाएको छ।लेबनानमा मंगलबार सञ्चारका लागि प्रयोग गरिने पेजर विस्फोट हुँदा १२ जनाको मृत्यु भएको थियो भने यसको एक दिनपछि बुधबार लेबनानमा फेरि शृंखलाबद्ध रूपमा वाकी(टकी विस्फोट भएका छन्। जसमा अहिलेसम्म २० जनाको ज्यान गएको छ भने ४५० भन्दा बढी घाइते भएका छन्।