७ करोड मानिसको भोक मेटाउन २०० हात्तीको बलि

७ करोड मानिसको भोक मेटाउन २०० हात्तीको बलि

हरारे । चालीस वर्ष यताकै चरम भोकमरी देखापरेपछि जिम्बाब्वेमा २०० हात्ती मारेर मासु बाँडिने भएको छ । यहाँका ७ करोड मानिसहरूको खाद्य संकटमा परेपछि सरकारले त्यस्तो निर्णय गरेको हो ।

भोकमरीसँग जुध्न सरकारले हात्तीहरूलाई मार्ने आदेश दिएको रोयटर्स समाचार एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार, जिम्बाब्वेका ४ जिल्लाहरूमा २०० हात्तीहरूलाई मारेर त्यसको मासु विभिन्न समुदायहरूमा बाँडिनेछ। जिम्बाब्वे पार्क एण्ड वाइल्डलाइफ अथोरिटीले यो कुराको पुष्टि गरेको छ।

खासमा जिम्बाब्वे पछिल्लो ४ दशकमा सबैभन्दा ठूलो खडेरीको समस्यासँग जुधिरहेको छ। यसका कारण देशको लगभग आधा जनसंख्या खाद्य संकटमा परेको छ। खडेरीले गर्दा देशको पूरै बाली नष्ट भएको छ। यस्तो अवस्थामा जिम्बाब्वेका ६ करोड ८० लाखभन्दा बढी मानिसहरू खाद्य अभावसँग जुधिरहेका छन्।

पार्क एण्ड वाइल्डलाइफ अथोरिटीका प्रवक्ता फरावोले भने – हात्तीहरूको हत्याको पछाडि अर्को उद्देश्य जिम्बाब्वेका निकुञ्जहरूमा हात्तीहरूको संख्या घटाउनु हो। वास्तवमा, जिम्बाब्वेमा करिब १ लाख हात्तीहरू बस्छन्। तर, यहाँका निकुञ्जहरूमा केवल ५५ हजार हात्तीहरूलाई राख्ने ठाउँ छ।