आइसीसी विश्वकप लिग-२ मा अमेरिकाको युएईमाथि १० विकेटको सहज जित

आइसीसी विश्वकप लिग-२ मा अमेरिकाको युएईमाथि १० विकेटको सहज जित

काठमाडौं। आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले युएईलाई पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा अमेरिकाले युएईलाई १० विकेटले पराजित गरेको हो।

युएईले दिएको १०७ रनको लक्ष्य पछाएको अमेरिकाले १५.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो।

यस अघि पहिला टस हरेर पहिला ब्याटिङ गरेको युएईले ३१.२ ओभरमा अल आउट हुदै १०६ रन मात्र बनाएको थियो।

यो जितपछि अमेरिकाले ६ खेलमा चौथो जित हासिल गरेको छ र ८ अंकसहित चौथो स्थानमा रहेको छ। त्यस्तै युएईले भने लगातार चौथो हार बेहोरेको छ।