रास्वपा महाधिवेशन वैशाख अन्तिममा

रास्वपा महाधिवेशन वैशाख अन्तिममा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।

काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन्।

आजैबाट पार्टीको केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भएको सभापति लामिछानेले बता। उनले नयाँ अभियानको पनि घोषणा गरे।

जनताको कुरा सुन्न ‘महाकाली-मेची जनयात्रा अभियान’ सुरु गर्ने उनले बताए।