सङ्खुवासभामा ट्याक्टर दुर्घटनामा चालक र सह-चालकको मृत्यु

सङ्खुवासभामा ट्याक्टर दुर्घटनामा चालक र सह-चालकको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बिहान भएको ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

प्रदेश नं १–०२–००३ त १४३७ नम्बरको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । 

बरुण दोभानबाट खाँदबारी आउने क्रममा खाँदबारी–किमाथांकका सडक खण्डको समटारमा दुर्घटना भएको हो । दुर्घटनामा खाँदबारी खाँदाबरी नगरपालिका–८ बिष्णेधाराका चालक १९ वर्षीय किरण श्रेष्ठ र सहचालक १७ वर्षीय उदित श्रेष्ठको मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए ।

खाँदबारी आउने क्रममा रहेको खाली ट्याक्टर भीरबाट ३ सय मिटर तल खसेको थियो। मृतकको शव निकाल्ने क्रमममा रहेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइने प्रहरी निरीक्षक लामिछानेले बताए । 

दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।