कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार विश्वासको मत लिँदैछन्। नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सो पार्टीले समर्थन फिर्ता लिएसँगै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। 

माओवादीले गत भदौ १४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संविधानको धारा १६८ (५)अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए। समीकरण परिवर्तनसँगै कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी भएको छ।

९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने कांग्रेसका २९ सांसद रहेका छन्।  कोशी प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद गरी ९३ जना सांसद छन्। बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।