सहकारी छानबिन समितिको प्रतिवेदनमा हस्ताक्षर

सहकारी छानबिन समितिको प्रतिवेदनमा हस्ताक्षर

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिको अन्तिम प्रतिवेदनमा हस्ताक्षर भएको छ । समितिका सातैजना सदस्यले हस्ताक्षर गरेका हुन् ।

हिजो नै लगभग प्रतिवेदन तयार भएको भनिएको थियो र आज फस्ट आवरमै हस्ताक्षर गर्ने तयारी थियो । समितिका सदस्यहरू १० बजे नै सिंहदरबारस्थिति समितिको सचिवालयमा आएका थिए । तर, अन्तिम दिने क्रममा मतभेद भएको थियो ।

रास्वपाका सदस्य शिशिर खनालले सहकारी अपचलनमा रविमाथि कारवाही सिफारिस गर्ने आधार नरहेको अडान लिएका थिए । सहकारीको रकम गोर्खा मिडियामा ल्याउन जीवी राईको मात्रै भूमिका रहेकोमा समितिका अन्य सदस्य पनि सहमत छन् । तर, सहकारीको रकम गोर्खा मिडियामा आएपछि प्रवन्ध निर्देशकको हैसियतमा रविले खर्च गरेका थिए । कर्मचारीलाई तलब खुवाउनेदेखि सबै प्रशासकीय काममा उक्त रकम प्रयोग भएको थियो ।

सहकारीको रकम मिडियामा खर्च गरेबापत रविलाई कारवाही सिफारिस गर्नुपर्ने पक्षमा कांग्रेसका दुई प्रतिनिधि थिए । यही विषयमा सहमति जुट्न कठिन भइरहेको थियो । अन्ततः सबैले हस्ताक्षर गरेका छन् ।