काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उनले दुई दिनभित्र पदबाट राजीनामा दिने घोषणा गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
केजरीवालले दिल्लीमा समयभन्दा अगावै निर्वाचन गर्नुपर्ने माग गरे । उनले जनताको फैसला नआएसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने जिकिर गरे । उनले भने, “मैले देशको संविधान र गणतन्त्र जोगाउन राजीनामा दिएको होइन । अब दुई दिनमा राजीनामा दिन्छु । जनताको फैसला नआएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।”
गएको शुक्रबार भारतको सर्वोच्च अदालतले १० लाख भारु धरौटीमा रिहा गर्न आदेश दिएपछि मुख्यमन्त्री केजरीवाल जेलमुक्त भएका थिए ।