बालुवाटार निवासमै आयोजना गरे ओलीले सारङ्गी साँझ

बालुवाटार निवासमै आयोजना गरे ओलीले सारङ्गी साँझ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा रात्रि भोज आयोजना गरेका छन्। केही दिनअघि बालुवाटारमै नेकपाका सांसदलाई भोज दिएका ओलीले मंगलबार साँझ सारंगी साँझ को आयोजना गरेका छन्।

नौजना सचिवालय सदस्य, मन्त्रिपरिषद्का सदस्य र नेकपाकै केही नेता तथा पूर्वप्रधानमन्त्रीलाई निम्त्याइएको कार्यक्रममा प्रधानमन्त्री ओलीले बाँसुरीसमेत बजाएका थिए। नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले सारंगी रेटेर प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकपछि ओलीले नेताका लागि निरन्तर भोजको आयोजना गरिरहेका छन्। माघ १९ गते राति सांसद र पार्टीका केन्द्रीय सदस्यहरुलाई रात्रि भोज दिएलगत्तै ओलीले बालुवाटारमा अर्को राजनीतिक जमघट गरेका हुन्। कार्यक्रममा साहित्यकार कलाकार र पत्रकारहरुको समेत उपस्थिति थियो।