लागुऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

लागुऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

काठमाडौं। लागुऔषध मुद्दामा पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ परेका छन्। आफ्नो औषधि पसलबाट लागूऔषध बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई बिहिबार साँझ पक्राउ गरेको हो।

उनले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको खुलेपछि उनी पक्राउ परेका हुन्। गत साउन ३ गते लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठको औषधि पसलबाट खरिद गरेको बताएपछि उनी पक्राउ परेका हुन्।