देउवा भन्छन्- मेरो उमेर पुगिसक्यो, अब नयाँ बन्ने नेताहरुले सोच्नुस्

देउवा भन्छन्- मेरो उमेर पुगिसक्यो, अब नयाँ बन्ने नेताहरुले सोच्नुस्

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उमेरका कारण आफू रिटायर हुन लागेको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले आफू उमेरका कारणले रिटायर हुन लागेकाले भोलिका नेताहरुले पार्टीको बढी चिन्ता गर्नुपर्ने बताएका हुन्।

‘मेरो उमेर गयो, हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ। भोलि हुने नेताहरूले नै पार्टीको चिन्ता बढी गर्नुपर्छ,’ उनले भने।

सभापति देउवाले कांग्रेसका लागि भोलिका दिनहरु चुनौतीपूर्ण र महत्वपूर्ण अवसरको रुपमा पनि रहेको बताए। उनले अब पार्टीको नेतृत्व लिने नेताहरुलाई उनले काम गरेर देखाउन आग्रह गरे।

साथै, फरक प्रसंगमा सभापति देउवाले साना राजनीतिक दललाई कमजोर बनाउने उद्देश्यले वर्तमान सत्ता गठबन्धन नबनेको प्रष्ट पारे। उनले ठूला राजनीतिक दल मिलेर सानालाई सिध्याउने हुन् कि भन्ने भ्रम नपाल्न आग्रह गरे।