एकीकृत समाजवादीको समर्थन उपसभामुख रानाको पक्षमा

एकीकृत समाजवादीको समर्थन उपसभामुख रानाको पक्षमा

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने सत्तारुढ दलको विपक्षमा उभिने निर्णय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटीको बठकले उपसभामुख रानाको पक्षमा उभिने निर्णय गरेको हो।

उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उनी विवादमा छिन्।

सत्तारुढ दलले उनलाई मार्ग प्रशस्त गर्न भनिरहेको छ । राजीनामा दिएर मार्ग प्रशस्त नगरे महाअभियोग लगाउने सत्तारुढ दलको तयारी छ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पनि उपसभामुख रानाको पक्षमा उभिने बताउँदै आएको छ।