कांग्रेसले माग्यो उपसभामुख रानाको राजीनामा

कांग्रेसले माग्यो उपसभामुख रानाको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ ।

पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले उपसभामुखमाथि प्रश्न उठेकाले राजीनामा दिनु उपयु्क्त हुने निष्कर्ष निकालेको जानकारी दिए।

उनले सत्तारुढ दलको साझा धारणा बनाएर अगाडि बढ्ने उनको भनाई छ। त्यसपश्चात कांग्रेसको संसदीय दलको बैठकले थप निर्णय गर्ने बताए। यस अगाडि सांसदहरुले उपसभामुख रानाले आचरण विपरीत काम गर्दै आएको प्रश्न संसद बैठकमै उठाएका थिए। राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुख रानामगरविरुद्ध मानव तस्करी गर्न सघाएको भन्दै उजुरी परेको छ। यस अगाडि पनि उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको उजुरी परेको थियो।

अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था सीएसडब्लूको वार्षिक सत्रमा भाग लिन उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि जान लागेको भन्दै उनले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन्। तर, दूतावास भिसा भने नदिएको पाइएको छ। पैसा दिएको तर अमेरिका जान नपाएको भन्दै उनीहरूले गत वैशाखमा रास्वपाका नेताहरुलाई  गुनासो गरेपनि विषयलाई गुपचुप राखेको थियो।