४ लाख ५० हजार घुससहित वडाध्यक्ष पक्राउ

४ लाख ५० हजार घुससहित वडाध्यक्ष पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर२४ बसहियाका वडाध्यक्ष उपेन्द्र सहनी घुसको रकमसहित पक्राउ परेका छन् । 

घरजग्गा बाटोको सिफारिस गरिदिने भन्दै एकजना सेवाग्राहीसँग लगभग ४ लाख ५० हजार रुपैयाँ घुससहित सहनी पक्राउ परेका हुन् । उनी संगै वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डलसमेत पक्राउ परेका हुन् । 

वडाध्यक्ष सहनीसंगै घुस लिने विषयलाई लिएर वडासचिव साह र कार्यालय सहयोगी विजयको समेत संलग्नता रहेकाले उनीहरूलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।