एमालेको प्रश्न– दुई बालबालिकाको ज्यान लिने पाँचथर बम विस्फोटको जिम्मा कसले लिन्छ ?

एमालेको प्रश्न– दुई बालबालिकाको ज्यान लिने पाँचथर बम विस्फोटको जिम्मा कसले लिन्छ ?

काठमाडौं । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले पाँचथरमा बेवारिसे बम विस्फोटको घटनाबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले गृहमन्त्री रमेश लेखकले सदनमा आएर घटनाबारे जानकारी गराउनुपर्ने बताए । “केही समयअघि पाँचथरमा बेवारिसे बम फेला भएको र उक्त बम विस्फोट हुँदा दुई जनाको ज्यान गएको छ । यतिका दिनसम्म यस घटनाको दोषी को हो ? यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्छ,” उनले भने ।

सशस्त्र द्वन्द्वको समयमा छोडिएका बम विस्फोट भएको भन्दै उनले यस घटनाको जिम्मेवारी कसले लिन्छ भनी प्रश्न गरे ।