प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के-के भयो छलफल?

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के-के भयो छलफल?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बालुवाटारमा भएको आजको भेटवार्तामा प्रभावकारी सरकार सञ्चालनका बारेमा छलफल भएको बताइएको छ।

त्यस्तै, सरकारमा सहभागी मन्त्रीहरुको कार्य सम्पादनबारेमा पनि छलफल भएको बालुवाटार स्रोतले बताएको छ। जनतामा देखिएको निराशालाई चिर्ने गरी काम गर्न नसक्ने मन्त्रीहरुबारे पुनर्विचार गर्नेबारेमा समेत छलफल भएको बताइएको छ।

प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बताइएको छ।