भ्यानसँग बस  ठोकिँदा १७ जनाको मृत्यु, १६  घाइते

भ्यानसँग बस  ठोकिँदा १७ जनाको मृत्यु, १६  घाइते

भारत । भारतीय राज्य उत्तर प्रदेशको हाथरसस्थित आगरा–अलिगढ राष्ट्रिय राजमार्गमा शनिबार बस र भ्यान ठोकिँदा १७ जनाको मृत्यु भएको छ। 

हाथरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले सञ्चारकर्मीलाई बताएअनुसार शुक्रबार साँझ ६ः१५ बजे रोडवेजको बस र पिकअप भ्यान आपसमा ठोकिएका हुन्। दुर्घटनामा १७ जनाको मृत्यु भएको र १६ यात्रु घाइते भएको उनले बताए। मृतकमा ७ पुरुष, ४ महिला र ६ बालबालिका छन्।

प्रहरी उपरीक्षक अग्रवालले भने,  ‘घटनामा मृत्यु भएका सबैको पोस्टमार्टमपछि शव दाहसंस्कारका लागि गाउँ पठाइएको छ।