चीनमा कोरोनाभाइरस संक्रमित आमाले जन्माइन् स्वस्थ शिशु

चीनमा कोरोनाभाइरस संक्रमित आमाले जन्माइन् स्वस्थ शिशु

काठमाडौ : चीनको इलोङजियाङ प्रान्तकी एक कोरोनाभाइरस संक्रमित महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छन् । उनी गर्भावस्थाको ३८ औं सातामा थिइन्। शरीरको तापक्रम बढ्यो। गत बिहीबार उनी डाक्टरलाई देखाउन गइन्। हेइलोङजियाङ प्रान्तकी उनलाई वुहानबाट फैलिएको नोवेल कोरोनाभाइरसले समातिसकेको थियो।

हार्विन सहरमा रहेको अस्पतालका डाक्टरले उनलाई अपरेसन कक्षमा पठाए। आमा र डाक्टर दुबैलाई पीर थियो( जन्मने बच्चामा पनि कोरोनाभाइरस देखियो भने के गर्ने होला ? त्यही दिन उनले छोरीलाई जन्म दिइन्। तीन किलोग्राम तौल भएकी छोरी स्वस्थ थिइन्।

शुक्रबार र शनिबार पनि उनलाई कोरोनाभाइरस छ कि छैन भनेर जाँच्दा रिपोर्ट नेगेटिभ आयो।आइतबारदेखि आमाको ज्वरो पनि कम भएको छ। अहिले आमाछोरीलाई क्वारेन्टाइनमा राखिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ। उनीहरूको स्वास्थ्य अनुगमन र उपचार गर्न डाक्टरका दुई टोली खटाइएको छ।