नेपाली राजदूतावास पेरिसद्वारा सर्वपक्षीय बैठक सम्पन्न

नेपाली राजदूतावास पेरिसद्वारा सर्वपक्षीय बैठक सम्पन्न

नेपाली राजदूतावास पेरिस ,फ्रान्सका  डिप्लोमेटिक  दुई कर्मचारी सीता बस्नेत डेपुटी चिफ अफ मिसन र दीपेन्द्र प्रसाद साह थर्ड सेक्रेटरी  यतिबेला पोर्चुगलको राजधानी लिस्बोनमा नेपाल सरकारले जारी गरिएको विभिन्न  कागज पत्रको प्रमाणीकरणमा व्यस्त छन् । 

यसअघि गत मङ्गलवार एक सर्वपक्षीय बैठक बोलाइ हालसम्म भएका काम कामकारबाहीको गतिविधि बारे पोर्चुगलका सङ्घ संस्था एनआरएन, एनआरएन आइसिसी सदस्यहरू जनजाति महासङ्घ, महिला समाज, विभिन्न राजनीति दलका भातृ सङ्घ र अभियन्ताहरूलाई उनीहरुले जानकारी दिएका थिए । 

जानकारीको क्रममा सीता बस्नेले प्रहरी रिपोर्टको प्रमाणीकरण १०० युरो राजदूतावासले तोकिएको रकम नभई नेपाल सरकारको मन्त्री परिषद् निर्णय भएको स्पष्ट पारिन् । साथै केहि हप्ता अघि पोर्चुगलमा बसोबास गर्ने केही व्यक्तिहरूले फ्रान्स राजदूतावासले घुस लिई भित्रभित्रै काम गरेको भन्ने हल्लाको खण्डन गरिन् । 

हाल दूतावास मार्फत हुनुपर्ने काममा कुनै समस्या नरहेको र सम्पूर्ण काम सरल तरीकाले सम्पन्न भइरहेको समेत उनले जानकारी गराइन् । यसै क्रममा पोर्चुगल बासीहरूले फ्रान्स दूतावासलाई सहयोगको लागि पोर्चुगल बोलाउनु भन्दा सन २०२३मा पोर्चुगल राजदूतावास खोल्न नेपाल सरकारले अनुमति पाइसकेको हुँदा राजदूतलाई पर्खनु भन्दा नेपाल सरकारसँग कूटनीतिक कर्मचारीहरू पठाउन अनुरोध गर्नुपर्नेमा जोड दिइन् । 

यस विषयमा थप परामर्श आवश्यक भए राजदूतसँग छलफलका लागि नेपाली राजदूतावास पेरिस , फ्रान्स आउन   सम्पूर्ण पोर्चुगलका सङ्घ संस्था र अभियन्तालाई  उनले आग्रह पनि गरिन् । अब नेपाल सरकारले कूटनीतिक कर्मचारीहरू पोर्चुगल पठाइ दूतावासीय सेवा दिनुपर्नेमा जोड दिँदै बैठक समाप्त भएको घोषणा गरिएको थियो ।