ओलीजी र म बसेर समाधान गर्छौं, गठबन्धनमा कुनै समस्या आउँदैन सभापति : देउवा

ओलीजी र म बसेर समाधान गर्छौं, गठबन्धनमा कुनै समस्या आउँदैन सभापति : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस-एमालेबीच कुनै मतभेद नरहेको बताएका छन्।

(बुधबार) काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति एमाले-कांग्रेसको पूराका पूरा समर्थन रहेको बताएका हुन्।

साथै, एमाले-कांग्रेसबीच खास–खास कुरामा एउटै धारणा रहेको पनि सभापति देउवाले बताए। एमाले-कांग्रेस एकअर्काका मुख्य प्रतिस्पर्धी पनि रहेको बताउँदै सभापति देउवाले कही समस्या रहेपनि केपी शर्मा ओली र आफू बसेर समाधान खोज्ने उनले बताए।

‘एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ। कति कुरा समस्या हुन सक्छन्। ओलीजी र मैले मिलेर अरु साथीहरु मिलेर पनि समाधान गर्नेछौं,’ उनले भने।