काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सरकारको मिलेमतोमा आफ्नो समाजिक सञ्जालमा पाेस्ट भएको सामाग्री उडाइएको आरोप लगाएका छन्।
बालेनले एमाले प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले बाल श्रम शोषण गरेको विषय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए।
प्रदेश सभा सदस्य शर्माले ती नाबालिकालाई ८ वर्षदेखि श्रम शोषण र यातना दिएको बालेनको दाबी थियो। उक्त पोस्ट आज बालेनको फेसबुकबाट हटेको थियो। सो पोस्टबारे बालेनले भनेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार।’
साथै, उनले आफू गलत हो भने आफूलाई समाएर देखाउनसमेत सरकारलाई चुनौति दिएका छन् । होईन भने दोषी समाउन सरकारलाई उनले दवाब दिएका छन् । ‘म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ,’उनले भनेका छन्।