नेकपाले पार्टी कार्यालय बनाउन कार्यकर्तासँग पैसा उठाउँदै

नेकपाले पार्टी कार्यालय बनाउन कार्यकर्तासँग पैसा उठाउँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक राजधानीको राष्ट्रिय सभा गृहमा चार दिनपछि आइतवार सकिएको बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ।

बैठकको निर्णयमा तत्कालीन माओवादीको सशस्त्र संघर्षलाई जनताबाट सञ्चालित भन्नेदेखि इरान अमेरिकाको युद्धको विषय समेटिएका छन्। कोरोना भाइरसको नियन्त्रण, भारतले जारी गरेको राजनीतिक नक्साको विषय पनि समेटिएको छ।

बैठकले पार्टी कार्यालय निर्माणका लागि सदस्यबाट एक दिनको आय वा तलब बराबरको रकम उठाउने निर्णय गरेको हो। नेकपाले शुभेच्छुकहरुलाई समेत पैसा दिन आग्रह गरेको छ। तीन महिनाभित्र पार्टीको केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्ने पनि निर्णयमा उल्लेख गरीएको छ।