काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पोखरामा दिएको अभिव्यक्तिलाई लिएर अहिले व्यापक आलोचना भइरहेको छ।
शनिबार प्रेस चौतारीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भनी अभिव्यक्ति दिएका थिए।
मन्त्रालयको नियमित रिपोर्टिङ गर्न पुगेका मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि विवादित विषय नबोल्न चेतावनी दिएका छन्। आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले आफूलाई प्रधानमन्त्री ओलीले सचेत गराएको बताए।
मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो। गराएँ। त्यही क्रममा उहाँ (प्रधानमन्त्री) ले पोखरामा बोलेको बिषयको सन्दर्भबारे सोध्नुभयो। मैले जानकारी गराएँ,’ उनले भने।
भाषा प्रयोग गर्दा विवादमा आउनेगरी नबोल्न आफूलाई प्रधानमन्त्रीले सचेत गराएको उनले बताए। मन्त्री गुरुङले आफूले पनि सोबारे महशुस गरेको बताए।
भाषा प्रयोग गर्दा विवादमा आउनेगरी नबोल्न आफूलाई प्रधानमन्त्रीले सचेत गराएको उनले बताए। मन्त्री गुरुङले आफूले पनि सोबारे महशुस गरेको बताए।