प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज

प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज

काठमाडौं।  नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिइएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ।

न्यायाधीश हरि फुयालको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यही भदौ ६ गते आदेश दिएको थियो। आज न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले उक्त अन्तरिम आदेश खारेज गरेको हो।

गृहको भ्याकेट निवेदनको पक्षमा आदेश आएपछि अब पुन: ३० वर्षे सेवा अवधि कार्यान्वयनमा आउने भएको छ।