काठमाडौं। नेकपा एमालेले पोलिटव्यूरो बैठक बोलाएको छ। विहीबार बसेको सचिवालय बैठकले आगामी भदौ १८ र १९ गते बस्नेगरी पोलिटव्यूरो बैठक बोलाएको हो।
पोलिटब्यूरो बैठकमा वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ।
सचिवालयले पारित गरेको पार्टीको कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरण, बाँकी जिल्ला अधिवेशन र पालिका अधिवेशन गर्ने, कार्यकर्तालाई नियमित प्रशिक्षण गर्न सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना बनाउने, पार्टी प्रवेश गरेकाहरुलार्ई तीन महिनाभित्र जिम्मेवारी दिने लगायत छन् ।