नब्बे छात्राले पाए साइकल

नब्बे छात्राले पाए साइकल

काठमाडौँ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी शिक्षा बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन अबको बीस वर्षपछि हरेक छोरीको खातामा रु २० लाख पु¥याउने योजना प्रदेश सरकारको रहेको बताउनुभएको छ ।

महोत्तरीको सोनमा गाउँपालिकामा आज आयोजित छात्रालाई साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले छोरी बीमाको रकम तीन लाखमा पु¥याएको र सो रकमलाई क्रमिक रुपमा २० लाखसम्म पु¥याउने प्रदेश सरकारको योजना रहेको बताउनुभयो ।

सोनमा गाउँपालिका–२ मा रहेको सरस्वती माविमा कक्षा ८ मा अध्ययनरत ९० छात्रालाई मुख्यमन्त्री राउतले जनही एक थानका दरले साइकल वितरण गर्नुभयो । पूर्वमन्त्री राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, प्रदेशसभा सदस्य कौशलकुमार यादव, वडाध्यक्षलगायत जनप्रतिनिधि एवं शिक्षासँग सम्बन्धित सरोकारवाला निकायको उपस्थित थियो ।