देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता गर्दिनँ : सभामुख सापकोटा

देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता गर्दिनँ : सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले देश भक्ति र सदाचारमा कहिल्यैपनि सम्झौता नगर्ने बताएका छन् । आइतबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सभामुख सापकोटाले आफ्नो जिन्दगीको सबैभन्दा महत्वपूर्ण कुरा नै देश भक्ति र सदाचार रहेकाले आफुले त्यसमा कहिल्यैपनि सम्झौता गर्न नसक्ने बताएका हुन्।

देश भक्ति र सदाचारमा म सम्झौता गर्ने छैन्। कुनै हालतमा पनि दुईवटा मेरो जिन्दगीका सबैभन्दा मुख्य कुरा हुन देश भक्ति र सदाचार, उनले भने। उनले लोकतन्त्रको विकास, विस्तार र सुदृढिकरण व्यवस्थापिका संसदको महत्वपूर्ण कार्य भएकाले त्यस तर्फ आफ्नो ध्यान केन्द्रीत भएको बताए।

उनले भने अहिले हाम्रो राष्ट्रको कार्यभारको कुरा गर्दा सबैभन्दा महत्वपूर्ण थलो जननिर्वाचित सर्वोच्च संस्था व्यवस्थापिका सदन त्यसको मुख्य कार्यभार भनेकै लोकतन्त्रको विकास विस्तार र सुदृढिकरण हो भन्ने मलाई लाग्छ कुनै समस्या छन भने पनि त्यसको विकास, विस्तार र सुदृढिकरण गरेर नै हामी त्यो समस्याको साधान गर्न सक्छौं। उनले संसदलाई प्रभावकारी बनाउनु सबै सांसदहरुको सहयोगको अपेक्षा गरेको बताए।

बैठकमा सांसद माधवकुमार नेपाले आन्दोलनका अनेक जटिलताहरुलाई पार गर्दै सफलताको विन्दुमा मुलुकलाई पुर्‍याउन भूमिका खेल्नुभएका व्यक्ति सभामुख बनेको भन्दै शुभकामना व्यक्त गरे।