सरकारलाई प्रतिफल नदेखिनेगरी कुनै काम गर्ने छुट छैन : प्रधानमन्त्री ओली

सरकारलाई प्रतिफल नदेखिनेगरी कुनै काम गर्ने छुट छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कुनै गल्ती गर्ने छुट नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद नारायण खड्काले सोधेको प्रश्नको जवाफ दिँदै सरकारले प्रतिफल देखिनेगरी काम गरिरहेको बताए ।

उनले भने, ‘सरकारलाई कुनै गल्ती गर्ने, अन्योल सिर्जना हुनेगरी काम गर्ने, प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै छुट छैन ।’ उनले सरकारले जनतामा देखिएको निराशा अन्त्य गर्नेगरी काम गरिरहेको जिकिर गरे । सरकार देशमा देखिएको समस्याको समाधान गर्नको लागि लागिरहेको बताए ।