६ अंकले बढ्यो नेप्से, १९ अर्ब बढीको कारोबार

६ अंकले बढ्यो नेप्से, १९ अर्ब बढीको कारोबार

काठमाडौं । आज साताको अन्तिम दिन नेप्से परिसूचक ६.०१ अंकले वृद्धि भएको छ । १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ रुपैयाँको शेयर कारोबार भएको छ ।

हिजो १८ अर्ब ९० करोडको शेयर कारोबार भएको थियो । नेप्से परिसूचक २९७४.४६ अंक पुगेको छ । आज कारोबार भएकामध्ये १३२ कम्पनीको मूल्य शेयर मूल्य वृद्धि भएको छ भने १०९ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर खरिदबिक्री भएको हो ।

७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्क सर्किट लागेको छ । जसमा तारागाउ रिजेन्सी, नारायणी विकास बैंक, ज्योति विकास, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास, सप्तकोशी विकास र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।