काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तहको उप निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
बैठकमा केही सदस्यले स्ततन्त्र उम्मेदवारलाई सहयोग गर्ने तर पार्टीले निर्वाचनमा भाग नलिनु उपयुक्त हुने सुझाव दिएका थिए । तर अधिकांशले निर्वाचनमा भाग लिनुपर्ने बताएपछि बैठकले उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्थानीय तहका रिक्त पदमा मंसिर तेस्रो साता चुनाव गर्न उपयुक्त हुने सुझाव निर्वाचन आयोगले दिएको छ।