परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसॅग आज साँझ शिष्टाचार भेटवार्ता गरेकी छन् ।
भेटमा नेपाल भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले जानकारी दिए।
थापाका अनुसार प्रधानमन्त्री केपी ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणापत्र परराष्ट्रमन्त्री राणाले हस्तान्तरण गरेकी छन् ।
उनी र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच आजै भेटवार्ता थियो । दिल्लीस्थित हैदराबाद हाउसना भएको भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ ।