रवि लामिछानेबाट देशको विकास सम्भव नरहेको भन्दै सयभन्दा बढीले गरे रास्वपा परित्याग

रवि लामिछानेबाट देशको विकास सम्भव नरहेको भन्दै सयभन्दा बढीले गरे रास्वपा परित्याग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङका एक सय बढी युवाले एकै साथ पार्टी परित्याग गरेका छन्। रिपोटर्स क्लब दाङमा पत्रकार सम्मेलन गरी उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन्।

रास्वपा दाङ निर्वाचन क्षेत्र नं. २ का सदस्य विजय केसीले पार्टीका सभापति रवि लामिछानेमाथि लागेका विभिन्न आरोप, स्टन्टबाजी लगायत कुराले युवाहरूलाई भ्रममा पार्ने कार्य भइरहेको बताए। उनले पार्टी सभापति लामिछानेबाट देशको विकास र समृद्धि सम्भव नरहेको बताए । उनले रास्वपा क्यान्सरबाट ग्रसित भएको टिप्पणीसमेत गरे।

पार्टीका तुलसीपुर नगर सभापति मेघराज केसीले चाप्लुसीवाद, नातावाद, धनवादले पार्टीभित्र प्रश्रय पाएको टिप्पणी गरे। उनले ‘जान्नेलाई छान्ने’ भन्ने रास्वपाको नारा व्यवहारमा लागू नभएको बताए।