ललितपुरको बंगलामुखी मन्दिर  नजिकै आगलागी

ललितपुरको बंगलामुखी मन्दिर  नजिकै आगलागी

काठमाडौँ । ललितपुरको बंगलामुखी मन्दिर नजिकै सोमबार बिहान आगलागी भएको छ । अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएको हो ।

ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
आज सो क्षेत्रमा मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास भएर आगलागी भएको हाछेथुको भनाई छ । 

उनका अनुसार महानगरको तीनवटा दमकल र एउटा ट्याङ्कर आगलागी नियन्त्रणका लागि खटिएको थियो । साथै ३० जना नगर प्रहरी पनि घटनास्थलमा खटिएका थिए । आगो अहिले नियन्त्रणमा आएको हाछेथुले रातोपाटीलाई बताए ।