हेटौंडा काठमाडौं सुरुङमार्गको छिट्टै शुरु गर्ने : मुख्यमन्त्री पौडेल

हेटौँडा : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताए।

प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौंडा काठमाडौं सुरुङमार्गको डिपिआरको काम फागुनभित्र सकिएर चैतमा निर्माणका लागि बोलपत्र आह्वान गरिने बताए।

मुख्यमन्त्री पौडेलले काठमाडौंसँग जोडिने हेटौँडाका सबै मार्गहरू छ महिनाभित्र स्तरोन्नति र आरामदायी हुने जानकारी दिए। उनले हेटौंडाबाट काठमाडौँ जाने छोटो बाटोमध्येको भैँसे भिमफेदी सडकखण्डको केही दिनमा नै बोलपत्र आह्वान गरिने जानकारी गराए। उनले भिमफेदी कुलेखानी सडकखण्ड निर्माणका लागि भने निर्माण सामग्रीसमेत झरिसकेको बताए।

प्रदेश राजधानी जोडिने सबै सडक अब फराकिला र स्तरीय हुने पनि उनले जानकारी गराए। प्रदेश राजधानीको स्थायित्व टुंगो नलागकेका कारण भौतिक निर्माणमा ढिलाइ भएकाले अब तीव्रगतिमा भौतिक संरचना निर्माण हुने मुख्यमन्त्री पौडेलको भनाइ छ। उनले अब प्रदेशसभाको अर्को अधिवेशन नयाँ भवनमा हुने र प्रदेशसभा सदस्यहरूको आवासक्षेत्र निर्माणमा समेत प्रदेश सरकार जुटेको बताए