नेविसंघ अध्यक्ष ढुँगानाले कोटेश्वर क्याम्पसका दुई नेतालाई चौकीमै गएर भेटे

नेविसंघ अध्यक्ष ढुँगानाले कोटेश्वर क्याम्पसका दुई नेतालाई चौकीमै गएर भेटे

काठमाडौं : नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष राजीव ढुँगानाले कोटेश्वर क्याम्पसका नेविसंघका नेताहरुलाई चौकीमै गएर भेटेका छन् ।

सत्तारुढ दल नेकपाको विद्यार्थी संघ अनेरास्ववियुको ज्यादती विरुद्ध उत्रिएका संघका दुई जना नेतालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेविसंघ कोटेश्वर क्याम्पसका इकाई उपाध्यक्ष संजय बुढाथोकी र सदस्य टेकबहादुर सिंहलाई थुनेर कोटेश्वर प्रहरी चौकीमा राखेको छ । चौकीमै पुगेर अध्यक्ष ढुँगानाले उनीहरुसँग भेट गर्दै कम्युनिष्ट अतिवादविरुद्ध नेविसंघ सशक्त रुपमा उत्रने भन्दै तत्काल उनीहरुलाई रिहा गन र रिहा नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।