रुसी ब्याले डान्सरलाई १२ बर्षको जेल सजाय

रुसी ब्याले डान्सरलाई १२ बर्षको जेल सजाय

काठमाडौं। रुसकी एक ब्याले डान्सरलाई १२ बर्षको जेल सजाय भएको छ। रुसी अदालतले ब्याले डान्सर केसेनिया कार्लिनालाई युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर दान गरेको आरोपमा १२ वर्षको जेल सजाय सुनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

उनलाई देशद्रोहको मुद्दामा यो सजाय दिइएको हो। कार्लिना हाल लस एन्जलसमा बस्दै आएकी थिइन् र उनलाई २०२१ मा अमेरिकी नागरिकता दिइएको थियो। क्यारोलिनालाई जनवरीमा मस्कोबाट १६ सय किलोमिटर पूर्वमा येकातेरिनबर्गमा पारिवारिक यात्राको क्रममा पक्राउ गरिएको थियो।

रुसको संघीय सुरक्षा सेवाले केसेनिया कार्लिनाले युक्रेनी सेनालाई हतियार उपलब्ध गराउने युक्रेनी संगठनका लागि रकम जुटाएको बताएको छ।