काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभामा टेबुल भएको छ।
बिहीबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ का सन्दर्भमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराए टेबुल गराएका हुन्।
उक्त विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित भएको थियो। राष्ट्रिय सभाले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सत्य निरुपण, मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रक्रिया अघि बढ्नेछ।